सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,फागुन २३। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

यस दिन सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्