वाईसीएलको राष्ट्रिय सम्मेलन आगामी जेठमा

काठमाडौ,फागुन २४ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीका अनुसार आगामी जेठ १७, १८ र १९ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । राष्ट्रिय सम्मेलनअघि केन्द्रीय समितिको चौथो पूर्ण बैठक आगामी फागुन २७ गते भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।
‘फागुन २१ र २२ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले जेठ १७, १८ र १९ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ,’– अध्यक्ष सेर्पालीले भने ।
त्यसैगरी, आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यका क्याम्पसहरूमा केन्द्रीय पदाधिकारीहरूले संयोजन गर्ने, सम्बन्धित प्रदेश र जिल्लाहरूले अनेरास्ववियु (क्रान्तिकारी) सँग सहकार्य गरी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारलाई विजयी गराउन सम्बन्धित क्याम्पसहरूमा कार्य विभाजन गरी लाग्ने निर्णयसमेत भएको अध्यक्ष सेर्पालीले बताए ।