आज नुवाकोटको तादी, लिखु, पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म ५ घण्टा बिजुली काटिने



नुवाकोट,फागुन २४ । आज शनिबार नुवाकोटको तादी,लिखु,पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानमा ५ घण्टा बिजुली काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत देविघाट सवस्टेशनबाट चौघडा सबस्टेशन तर्फ गएको ३३ के भी. लाईनको वुस कटिङ तथा मर्मत संभार कार्य गर्नुपर्ने भए‌कोले विद्युत आपुर्ति बन्द हुने भएको हो ।

सो मर्मत अवधिमा विद्युत आपुर्ति बन्द हुने स्थानहरु शिवपुरी र तादी गांउपालिकाका सबै वडाहरु, लिखु गाउपालिकाको को वडा नं. ४, ५ र ६, पञ्चकन्या गांउपालिकाको को वडा नं. १, २, ३, ४ र सुर्यगढी गांउपालिकाको को वडा नं. १ रहेको वितरण केन्द्रले जनाएको छ ।

विद्युत कटौती अवधिमा पर्न जाने असुविधाप्रति ग्राहकवर्गसंग वितरण केन्द्रले क्षमा मागेको छ । विद्युत कटौती अवधि विहान १०:०० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्