आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,फागुन २६ । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार १ लाख ७० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । आइतबार १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्