फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमडौं,फागुन २८ । बुधवार सुनको भाउ वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन मंगलबार १ लाख ६९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज तोलामा ३० रुपैयाँ बढेर २ हजार रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्