गभर्नर सिफारिस समितिले पायो पूर्णता, थप दुई सदस्यको लाग्यो टुंगो



काठमाडौं,चैत १ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले पूर्णता पाएको छ । सरकारले केन्द्रिय बैंकको नयाँ गभर्नर नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो ।

गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्र पौडेललाई नयाँ गभर्नर सिफारिस समितिको संयोजक बनाएको छ । राष्ट्र बैंक ऐन अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस समितिको नेतृत्व अर्थमन्त्रीले नै गर्नुपर्ने व्यवस्था छ ।

गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले सिफारिस समितिको संयोजकमा अर्थमन्त्र पौडललाई चयन गरेको पनि विभिन्न कारण दुइ सदस्यहरुको भने टुंगो लगाउन सकेको थिएन । तर, हाल समितिको सदस्यहरुमा बिजयनाथ भट्टराई र डा. विश्व पौडेल चयन भएका छन् । भट्टराई पूर्व गभर्नरहरुको तर्फबाट समितिमा चयन भएका हुन् भने पौडेल आर्थिक, मौद्रिक, वित्तीय तथा व्यवस्थापन क्षेत्रका विज्ञहरुको तर्फ चयन भएका हुन् ।

गभर्नर सिफारिस गर्न सरकारले गठन गरेको सिफारिस समितिले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ ।
वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी २३ चैतमा सकिँदैछ । अब उनी छिट्टै नै बिदामा बस्दै छन् ।

प्रतिक्रिया दिनुहोस्