सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत ३ । शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आइतबार भने केही घटेको छ ।
गत शुक्रबार छापावाला सुनको भाउ १ लाख ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने तोलामा ४०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ २ हजार ४५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने २ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।