आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,चैत ४ । सोमबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्यमा किनबेच हुने महासंघले जनाएको छ ।
साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर २ हजार ४० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आइतबार भने २ हजार ४५ रुपैयाँमा किनबेच भएको थियो ।