नुवाकोटको अमरज्योती क्याम्पसमा अखिल क्रान्तिकारीका शर्मिला श्रेष्ठको नेतृत्व

नुवाकोट,चैत ४ । तादी गाँउपालिकाको खरानीटारमा रहेको अमरज्योती बहुमुखी क्याम्पसको स्ववियु काउन्सिल कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
बिद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका शर्मिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन गरिएको नयाँ कार्यसमितिको उपसभापतीमा बिपना तामाङ, सचिबमा मोनिका उप्रेती, कोषाध्यक्षमा शन्तोषी तिमल्सीना चयन भएका छन् ।
सदस्यहरुमा कौशिला श्रेष्ठ, मीरा घलान, मौषमी श्रेष्ठ, कल्पना मोक्तान, नीता दाहाल र पार्वती थापा चयन भएका छन् ।