सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं,चैत ५ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।
आज सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्म कै उच्च हो । यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।