तोलामै ५७ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै महँगो

काठमाडौं,चैत २८ । बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । यसअघि चैत २२ गते सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
यस दिन चाँदीको तोलामा ६५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।