एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००



काठमाडौं,वैशाख १४ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

प्रतिक्रिया दिनुहोस्