सरकार र आन्दोलनरत शिक्षकबीच सहमति



काठमाडौं,वैशाख १७ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको बताइएको छ ।

शिक्षकका मागहरुलाइ पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ । पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई  आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगनको घोषणा गर्ने बताइएको छ । मन्त्रीपरिषदको बैठक भर्खरै सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्