पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं,वैशाख १७ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो ।
त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।
