एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु

कपिलवस्तु,वैशाख १८ । सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ । बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको कार्यालयमा पुस्तिका परीक्षण सुरु भएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ लोकनाथ मरासिनिका अनुसार आज ५० बढी शिक्षकहरू परीक्षण कार्यमा सरिक रहेको बताए । वैशाखभित्रै जाँच कार्य सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ ।
नियमित र एक्जाम्टेड गरी झण्डै चार हजार पाँच सय उत्तर पुस्तिका परीक्षणका लागि आएको छ । उत्तर पुस्तिकाको परीक्षणपछि सम परीक्षण समेत गरिने छ । प्रति उत्तरपुस्तिका २० रुपियाँ पारिश्रमिक पाउने उनको भनाइ छ ।