नुवाकोट अन्तरपालिका स्तरीय चौथो चेयरम्यान कपको उपाधि दुप्चेश्वर गाउँपालिकालाई



नुवाकोट, वैशाख २० — पञ्चकन्या गाउँपालिकाको आयोजनामा सम्पन्न नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि दुप्चेश्वर गाउँपालिकाले जित्न सफल भएको छ।

आज सम्पन्न फाइनल खेलमा दुप्चेश्वर गाउँपालिकाले पञ्चकन्या गाउँपालिका “A” टोलिलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगितामा तेस्रो स्थान तादी गाउँपालिकाले र चौथो स्थान पञ्चकन्या गाउँपालिका “B” ले हासिल गरेका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा दुप्चेश्वर गाउँपालिकाका राजिब कडेललाई घोषित गरिएको छ।

समापन समारोह पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य रमेश कुमार महतको प्रमुख आतिथ्यता एवं नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरीको विशेष आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा नुवाकोट जिल्लाभित्रका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कलाकारहरू, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, प्रशिक्षक, खेलाडी र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समापन समारोह भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्