दुप्चेश्वरलाई अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि 



नुवाकोट,वैशाख २१ । खेल पर्यटनमा जोड दिँदै नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सञ्चालित चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या गाँउपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सम्पन्न भएको हो ।

पञ्चकन्या –४ थप्रेकस्थित पर्यटकीय घ्याङस्वारामा सञ्चालित उक्त प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा दुप्चेश्वर गाँउपालिकाले उपाधि जितेको छ । दुप्चेश्वरले घरेलु टिम पञ्चकन्या ए लाई लगातार सोझो सेटमा पराजित गरेको हो ।

उपाधिसँगै दुप्चेश्वरले नगद एक लाख ५० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । उपविजेता पञ्चकन्या ए ले नगद ७५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

तेस्रो भएको तादी गाउँपालिका भलिबल टिमले नगद ४० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । सान्त्वना भएको पञ्चकन्या वि ले नगद १५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको आयोजक पञ्चकन्या गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाई छ । प्रतियोगितामा नुवाकोटका सात वटा स्थानीय तहका आठ वटा भलिबल टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दुप्चेश्वरका राजीव कँडेलले उत्कृष्ट खेलाडी, पञ्चकन्या ए का अविशेक ठकुरीले वेस्ट स्पाइकर, सोही टिमका सञ्जय शाही ठकुरीले वेस्ट सर्भर, दुप्चेश्वरका भिक्टर तामाङले वेस्ट लिभ्रोको पुरस्कार जिते ।प्रतियोगिताका विजेता तथा उपविजेता लाई बागमती प्रदेश सभा सदस्य तथा काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्