सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौं,वैशाख २२ । आज पनि सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ८४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ।

साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्