युवा कम्युनिस्ट लिग (YCL) नुवाकोटको नयाँ नेतृत्व चयन, अध्यक्षमा गजुरेल

नुवाकोट, वैशाख २३ —युवा कम्युनिस्ट लिग नेपाल (YCL) नुवाकोट जिल्ला समिति अन्तर्गत सम्पन्न चौथो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनबाट जलन गजुरेललाई सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा निर्वाचित गरिएको छ।
त्यस्तै गरी, उपाध्यक्षहरूमा प्रमिला तामाङ, सरोज तामाङ र सूर्य बहादुर तामाङ निर्वाचित भएका छन्। सचिवमा सुरेन्द्र तामाङ चयन भएका छन् भने बिकास गुरुङ, रविन्द्र तामाङ, बिमला बि.क., अनिल थापा र राजेश लामिछाने सह-सचिवको जिम्मेवारी पाएका छन्। कोषाध्यक्षको जिम्मेवारी जयराज ढकालले सम्हाल्ने भएका छन्।
सम्मेलनले ६१ सदस्यीय जिल्ला समिति समेत चयन गरेको छ। नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सहभागीहरूले संगठनलाई अझ सशक्त र क्रियाशील बनाउने अठोट व्यक्त गरेका छन्।
वाइसीएल (YCL) नुवाकोटले नयाँ कार्यकालमा संगठन सुदृढीकरण, युवा जागरण र सामाजिक परिवर्तनका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ।


