नुवाकोटका किसानहरूलाई रैथाने वाली प्रवर्द्धन कार्यक्रम



नुवाकोट,वैशाख २७ । आधुनिक प्रविधिमार्फत कृषिमा उत्पादनमा वृद्धि गर्ने उद्देश्यले नुवाकोटको सूर्य गढी गाउँपालिकामा ’रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ ।

रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत आधुनिक तरिकाले अर्ग्यानिक खेती उत्पादनमा जोड दिइएको छ ।  किसानलाई उत्साह जगाउँदै छनोट भएका किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको सुर्य गढी गाँउपालिका चोकदेले जनाएको छ ।

किसानहरूलाई २४ थान कम्बाइन मिल तथा मल्टीक्रप थ्रेसर सूर्य गढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)लगायतले हस्तान्तरण गरे । अधयक्ष घलेले उत्पादन बढाइँ कृषिमा आत्मनिर्भर भई रैथाने बालीलाई प्रमुखता दिन किसानहरूलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेशकिरण राई चाम्लिङ, सम्बन्धित कृषि शाखाका  प्रमुखसहित सर्वसाधारण, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सुर्य गढीमा धान, मकै, गहुँ, तरकारी तथा अन्य बालीहरू उत्पादन हुने गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्