गोरखामा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गयो



गोरखा,वैशाख २७ । गोरखा सदरमुकामको छेवेटारमा रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गएको छ ।

ज्यान गुमाउने युवक बार पाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ, गैरी छापका २३ वर्षीय आयुष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार ४ः३० बजे गोरखा नगरपालिका–१० को छेवेटार बजार सँगै रहेको दरौदी नदीमा साथीहरू सँगै पौडी खेल्न गएका गुरुङलाई नदीले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता भए लगत्तै सशस्त्र प्रहरीको गोताखोर टोलीले खोज बिन गर्दा साँझ ७ः३० बजे नदीमा डुबेको अवस्थामा शव फेला पारेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

गुरुङको शव रह भित्र बाट गोताखोरको टोलीले निकालेको हो । उनको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।

शवको पोष्ट मार्ट म र कानुनी प्रक्रिया पुरा गरेर मात्र आफन्तको जिम्मा लगाउने पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्