भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि



काठमाडौं,वैशाख २७ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्।

उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं क्षेत्रीय शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’
 

यसको केही मिनेटअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका थिए। उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्। 

ट्रम्पले लेखेका छन्, ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ.’

प्रतिक्रिया दिनुहोस्