साततले दरबार पुनर्निर्माणमा सहजिकरण गर्दै विदुर नगरप्रमुख श्रेष्ठ



नुवाकोट, बैशाख २८। नुवाकोटको ऐतिहासिक साततले दरबार पुनर्निर्माणको क्रममा उत्पादन भएका प्रयोगबिहिन निर्माण सामग्री (wasted construction materials) व्यवस्थापनका लागि विदुर नगरपालिकाका नगरप्रमुख श्री राजन श्रेष्ठले सहजिकरण गरिरहेका छन् ।

दरबार पुनर्निर्माण कार्यलाई थप गति दिन नगरप्रमुख श्रेष्ठले चिनियाँ दूतावाससँग समन्वय गरी दबाब सिर्जना गर्ने प्रयास समेत जारी राखेका छन् । पुनर्निर्माण कार्य सुरु गर्न आवश्यक पर्ने विद्युत, खानेपानी, तथा स्थान व्यवस्थापनका विषयमा समेत विदुर नगरपालिकाको तर्फबाट सहकार्य र सहजीकरण भइरहेकाे छ।

नगरप्रमुख श्रेष्ठले निर्माण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवाला निकायहरू र सम्बन्धित पक्षहरूसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण प्रक्रिया अघि बढाउन सक्रियता देखाएका छन् । साततले दरबारको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखी यसको पुनःनिर्माणमा नगरपालिकाले आवश्यक सबै सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्