लिखु गाउँपालिकामा सडक निर्माणका कारण सवारी आवागमनमा डाइभर्सन, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध



नुवाकोट, बैशाख २८ – जिल्लाको लिखु गाउँपालिका वडा नं. २ले वडाको सडकखण्डको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जनाएको छ। वडाले सडक डिभिजन कार्यालय नुवाकोटमार्फत ठेक्का नं. RDNKT/33701105/080/81-70 अन्तर्गत सञ्चालन भइरहेको निर्माण कार्यका कारण सवारी साधनहरूको नियमित आवागमन प्रभावित हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

वडा कार्यालयद्वारा जारी सूचनामा एम्वुलेन्स र साना हलुका सवारी साधनहरूलाई सम्बन्धित स्थानबाट डाइभर्सन गरी सञ्चालन गर्न व्यवस्था मिलाइएको जनाइएको छ। यद्यपि, गङ्टे-लब्घु-सम्मुन्द्राटार-गोल्फुभञ्ज्याङ हुँदै आवातजावत गर्ने बस, ट्रक, टिपर जस्ता ठूला सवारी साधनका लागि निर्माणस्थल क्षेत्रमा सडक बन्द हुने भएकाले अस्थायी रूपमा वैकल्पिक बाटो प्रयोग गर्नु पर्ने सूचनामा उल्लेख छ।

सडक निर्माण कार्य सहज रुपमा सम्पन्न गर्न सवारी साधकहरू तथा स्थानीयवासीहरूलाई सहकार्य र संयमता अपनाउन लिखु गाउँपालिका वडा नं. २ कार्यालयले अनुरोध गरेको छ।

अधिक जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्