प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै



काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन्  ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो एक बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन् ।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्