जिल्ला प्रशासन कार्यालय नुवाकोटमा रकम सहितको झोला फेला
नुवाकोट,साउन ८ — जिल्ला प्रशासन कार्यालय, नुवाकोटको सेवाग्राही आरामकक्षमा रकमसहितको एक प्लाष्टिकको झोला फेला परेको छ।
बिहीबार दिउँसो कार्यालयको आरामकक्षमा भेटिएको उक्त झोलामा महत्त्वपूर्ण कागजातहरू,भागवत गीताको पुस्तक र केही नगद रकमसमेत रहेको कार्यालय स्रोतले जनाएको छ।
झोला कार्यालयको कोठा नम्बर १०६ मा सुरक्षित रूपमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले झोलाका सामग्री हराएका सम्बन्धित सेवाग्राहीलाई उक्त कोठामा सम्पर्क गरी झोला बुझेको प्रमाण पेश गरेर लैजान अनुरोध गरेको छ।
हराएको झोलाबारे हालसम्म कोही पनि सम्पर्कमा नआएकोले प्रशासनले सर्वसाधारणलाई सहयोग गर्न र कसैलाई जानकारी भए तत्काल खबर दिन पनि आग्रह गरेको छ। झोला फेला परेको जानकारी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक रूपमा राखेको हो।

