रास्वपाको ककनी गाउँपालिका–१ मा वडा भेला सम्पन्न, नयाँ कार्यसमिति चयन
नुवाकोट, साउन ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ककनी गाउँपालिका–१ को वडा भेला शनिबार सम्पन्न भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउने उद्देश्यसहित भएको भेलाबाट १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
वडा सभापतिमा रमेश बलामी निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा बिडारी र सचिवमा शिशिर फुयाल चयन भएका छन्। उनीहरू सहित मणिराज फुयाल, यमुना नेपाल, शिवराम बलामी, सुमन बलामी, विराज श्रेष्ठ, विष्णु घिमिरे, अनिल नेपाल, नवराज बलामी र कृष्ण बलामी पनि कार्यसमितिका सदस्यमा चयन भएका छन्।
भेलामा सहभागी कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र मूल्य मान्यताको आधारमा जनताको विश्वास जित्नेगरी सक्रिय भुमिका निर्वाह गर्न नवनिर्वाचित समितिलाई आग्रह गरेका थिए। नेतृत्व चयनसँगै भेलाले संगठन विस्तार, सदस्यता अभियान, स्थानीय मुद्दा सम्बोधन र आगामी रणनीति तय गर्ने विषयमा समेत छलफल गरेको थियो।
नवनिर्वाचित समितिलाई पार्टी नेता तथा स्थानीय कार्यकर्ताहरूले बधाई ज्ञापन गरेका छन्। सहभागीहरूले रास्वपाको संगठनलाई अझ जनउत्तरदायी बनाउनेतर्फ नयाँ समितिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

