नुवाकोट पञ्चकन्यामा अविरल वर्षाले जनजीवन प्रभावित, जोखिममा घर, उद्दार कार्य जारी



नुवाकोट, साउन १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा लगातार परिरहेक‍ो अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक अबरुद्ध हुनुका साथै बस्तीहरूमा जोखिम बढेको छ।

पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेभन्ज्याङस्थित बीरबहादुर तामाङ र सम्बरबहादुर तामाङको घर पहिरोको उच्च जोखिममा परेको जनाइएको छ। त्यसैगरी घलेभञ्ज्याङ–कुलकुले सडक खण्ड पहिरोले अबरुद्ध भएको थियो भने स्थानीय युवा र स्वयंसेवकहरूको सक्रियतामा बाटो खुलाउन सफल भएको प्रदीप दाहालले जानकारी दिएका छन्।

विपद् न्यूनीकरण तथा उद्धार कार्यका लागि वाइसीएल (YCL), इलाका  प्रहरी कार्यालय पञ्चकन्या टोली, गाउँ प्रहरी, स्थानीय कर्मचारी तथा समाजका अगुवा लगायतको टोली बिहानैदेखि खटिएका छन्।

सडक अवरुद्ध हुँदा रोकिएका यात्रुहरूको उद्धार कार्य पनि निरन्तर भइरहेको छ। स्थानीय तह, सुरक्षाकर्मी र जनसमुदायको समन्वयमा उद्दार र सुरक्षाको काम भइरहेकाे पञ्चकन्या गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्