सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि



काठमाडौँ, वैशाख २ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला रु ६ हजारले बढ्दा चाँदीको मूल्य पनि रु ३२० ले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख २ हजार ७०० पुगेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ५ हजार २२० कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला रु २ लाख ९६ हजार ७०० र चाँदी रु ४ हजार ९०० मा कारोबार भएको थियो। आइतबार भने सुनको मूल्य रु २ लाख ९७ हजार १०० र चाँदी रु ४ हजार ९७५ कायम भएको थियो।

अन्तरराष्ट्रिय बजारतर्फ हेर्दा, विभिन्न सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ८२८ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्