सामान्य बढ्यो सुन चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं,बैशाख ३। आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । 

बुधवार प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघको अनुसार चाँदीको मूल्य पनि आज सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । 

बुधवार प्रतितोला ५ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्