नेपाली बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि



काठमाडौं,बैशाख ६ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भई पाँच हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्