आज सुन–चाँदीको मूल्य घट्यो
काठमाडौँ, वैशाख ७ — नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २५ रुपैयाँले घटेर आज प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको महासंघले जनाएको छ।

