सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,बैशाख ८ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भएको थियो।

