तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ



काठमाडौँ, वैशाख ९ — सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दामा सफाइ दिएको छ।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले बम्जनविरुद्ध लगाइएको अभियोग पुष्टि हुन नसक्ने ठहर गर्दै सफाइ दिएको हो। अदालतले प्रमाणका आधारमा अभियोग दाबी पुग्न नसकेको निष्कर्ष निकालेको जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८१ साल फागुनमा बम्जनविरुद्ध करिब सवा ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशसँगै तपस्वी बम्जन थुनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्