नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा आफ्नै अर्गानिक चिया सार्वजनिक
नुवाकोट, वैशाख १० — जिल्लाको पञ्चकन्या गाउँपालिकाद्वारा आफ्नै अर्गानिक चिया सार्वजनिक गरेको छ । बिहीबार पञ्चकन्या गाउँपालिकामा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिकाको आफ्नै उत्पादन ‘घ्याङस्वारा अर्गानिक चिया’ सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बिमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका तथा गाउँसभासदस्य, विभिन्न शाखाका प्रमुख, वडा तथा मातहत कार्यालयका कर्मचारी, राजनीतिक दल तथा गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नयाँ वर्षले समृद्धि, सहकार्य र विकासका नयाँ अवसर ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्गानिक चिया’ सार्वजनिक गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो। चियाको मूल्य भने कार्यपालिकाको बैठकले निर्धारण गरिने रोजगार संयोजक सरोज केसीले बताउनुभयो ।
गाउँपालिकाले आगामी दिनमा यस्ता स्थानीय उत्पादनलाई बजारिकरण गर्दै रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने जनाएको छ।

