फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,बैशाख ११ । आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोला २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्