सुनचाँदीको मूल्यमा उछाल, सुन तोलाकै २ लाख ९९ हजार नाघ्यो



काठमाडौं, वैशाख १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलाको ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्