सुकुमवासीसँगै पशुपन्छीको पनि उद्धार, मानवीयता झल्कियो



काठमाडौँ, वैशाख १५ — सुकुमवासी बस्ती हटाउने क्रममा मानिससँगै घरपालुवा पशुपन्छीको उद्धार, उपचार र व्यवस्थापनमा पनि ध्यान दिइएको छ।

पशु सेवा विभाग, काठमाडौँ महानगरपालिका र विभिन्न संघसंस्थाको समन्वयमा प्रभावित क्षेत्रमा जनावरको उद्धार, दानापानी, खोप तथा उपचार भइरहेको छ।

घाइते तथा बिरामी जनावरको उपचारका लागि चिकित्सक टोली परिचालन गरिएको छ भने चौपायालाई गौशाला र कान्जी हाउसमा राखिएको छ। केही कुकुरलाई पशु कल्याणकारी संस्थाले जिम्मा लिएका छन्।

यस पहलले बस्ती स्थानान्तरणका क्रममा पशु कल्याणप्रति सरकारी प्राथमिकता बढ्दै गएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्