आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,बैशाख १६ । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य घटेको हो ।
महासंघका अनुसार आज सुन एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला २लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

