सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं,बैशाख १८ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ४०० ले वृद्धि भई रु २ लाख ९६ हजार १०० पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १३५ ले बढेर रु ४ हजार ९४५ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ७०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु ४ हजार ८१० मा किनबेच भएको थियो। यस्तै, गत बुधबार सुन प्रतितोला रु २ लाख ९४ हजार ५०० र चाँदी रु ४ हजार ९१५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनचाँदीको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुन प्रतिऔँस ४ हजार ६५० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि, मुद्रा विनिमय दरमा उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा पनि मूल्य बढ्न सहयोग गरेको हो।

