तोलामा १००० रूपैयाँ घट्याे सुनको भाउ, चाँदीको मूल्य ५ हजार नाघ्यो
काठमाडौ,बैशाख २० । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ३४ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यता चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

