घट्यो सुन, बढ्यो चाँदी
काठमाडौं,बैशाख २१ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भइरहेको छ।

