‘पर्ख र हेर’ मा लगानीकर्ता, सेयर बजार सुस्त



काठमाडौँ, वैशाख २२ । घट्दो क्रममा रहेको सेयर बजार २७ सयको विन्दुमा झरेसँगै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।स्थिर सरकार बनेपछि बजारमा उत्साह फर्किने अपेक्षा विपरीत नीतिगत अस्पष्टता, डर र अनिश्चितताले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ।

सरकार गठनअघि करिब २९५० विन्दुमा रहेको नेप्से हाल २७०४ मा झरेको छ भने कारोबार रकम पनि करिब चार अर्बमा सीमित भएको छ। सबै उपसमूहमा गिरावट देखिँदा बजारमा नकारात्मक मनोभाव बढेको छ।

विशेषज्ञका अनुसार पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदाहुँदै पनि नीतिगत स्पष्टता अभाव, नियामक निकायमा अस्थिरता र व्यवसायीमाथिको दबाबले बजार प्रभावित भएको हो। लगानीकर्ताहरू सक्रिय निर्णयभन्दा पनि आगामी बजेट र मौद्रिक नीताको प्रतीक्षामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्