आज एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं,बैशाख २२ । मंगलबार, नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ। आज सुनकाे ताेलमा ३ हजार ८०० रूपैयाँ र चाँदी १५० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार ताेलामा ३०० रूपैयाँले घटेर सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदी पनि ताेलमा १५० रूपैयाँ घटेर ४ हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। हिजाे ताेलामा २० रूपैयाँले बढेर चाँदी ५ हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

