नुवाकोट पञ्चकन्यामा कृषकसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न
नुवाकोट,बैशाख २२— जिल्लाको पञ्चकन्या गाउँपालिकामा कृषकसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला के.सी., कृषि विकास कार्यालय नुवाकोटका प्रमुख श्रीकृष्ण अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नुवाकोटका प्रमुख रविन्द्र पौडेल, बागबानी विकास केन्द्र नुवाकोटका प्रमुख रुकमनी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका तथा गाउँसभा सदस्यहरू, शाखा प्रमुखहरू, वडा तथा मातहत कार्यालयका कर्मचारीहरू, रुडेक नेपालका अध्यक्ष मिन कुमार केसी तथा प्रतिनिधिहरू, सहकारी संस्थाका प्रतिनिधि र स्थानीय कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कृषि विकास शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कृषकका समस्या, आवश्यकता र कृषि क्षेत्रको विकाससम्बन्धी विषयमा छलफल गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममार्फत कृषक र जनप्रतिनिधिबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

