सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढ्यो, १७५ रुपैयाँले महँगियो चाँदी
काठमाडौं,वैशाख २३ । नेपाली बजारमा आज सुनकाे मूल्यमा उच्च वृद्धि देखिएकाे छ। हिजाे ताेलामा ३ हजार ८०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन प्रतिताेला ५ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

