सुनचाँदीको भाउ फेरि उकालो, सुन तोलामै रु १ हजार ८०० ले बढ्यो
काठमाडौँ, वैशाख २४— स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम आज पनि जारी रहेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला रु १ हजार ८०० र चाँदी रु १०५ ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९८ हजार ६०० कायम भएको छ ।त्यस्तै चाँदी प्रतितोला रु ५ हजार १५५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९६ हजार ८०० र चाँदी रु ५ हजार ५० मा खरिदबिक्री भएको थियो । मङ्गलबार सुनको मूल्य रु २ लाख ९१ हजार तथा चाँदी रु ४ हजार ८८० रहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ७०३ अमेरिकी डलर तथा चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

