जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प



जाजरकोट, साउन २६ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा कल्सेनी केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्