पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ



पर्सा, साउन २६ — पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार राज्यको बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका करिब ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्