नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
काठमाडौँ, साउन २६ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ अङ्कमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ८५ अङ्कले बढेर चार सय ६२ दशमलव २२ अङ्कमा पुगेको छ ।
त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव १७ अङ्कले बढेर १८१ दशमलव ३५ अङ्कमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले बढेर १५६ दशमलव ४७ अङ्कमा पुगेको छ ।
आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिद–बिक्री भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ । २० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज अपर लोहारे खोला हाइड्रोपावर, आरबिबि डिबेञ्चर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । यस्तै, महिला लघुवित्त वित्तीय संस्था, प्राइम डिबेञ्चर र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

